समाज कल्याण परिषद्सँगको आबद्धतापछि संस्थालाई राष्ट्रिय तथा स्थानीय स्तरमा सामाजिक, मानवीय र सामुदायिक विकासका कार्यक्रमहरू अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न बाटो खुलेको छ।
आबद्धता प्रमाणपत्र ग्रहण गर्दै कोषाध्यक्ष रवीन्द्र खड्काले यो उपलब्धिलाई संस्थाको यात्राको एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, समाज कल्याण परिषद्सँगको आबद्धताले हामीलाई अझ जिम्मेवार बनाएको छ। आगामी दिनमा आर्थिक पारदर्शिता, संस्थागत सुशासन र समुदायको वास्तविक आवश्यकतामा आधारित कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउनेछौं।"
संस्थाको अध्यक्ष अस्मिता खत्री को नेतृत्वमा अघि बढिरहेको UPO Nepal ले स्थापनाकालदेखि नै स्थानीय सरसफाइ, सामुदायिक सचेतना तथा मानवीय सहायताका विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा लक्षित वर्गको हितमा थप रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
