एकता प्रगति सेवा

हाम्रो बारेमा

एकता, सहकार्य र मानवीय सेवामार्फत दुर्गम तथा पछाडि पारिएका समुदायको सर्वाङ्गीण विकास र सकारात्मक सामाजिक रूपान्तरणमा समर्पित संस्था।

Who we are

एकता प्रगती संस्था नेपाल

Unity Progress Organisation Nepal (UPO Nepal) संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट स्वीकृत विधान २०८३ अन्तर्गत स्थापित एक सामाजिक संस्था हो, जसको कार्यालय गोकर्णेश्वर १, काठमाडौँमा रहेको छ। दुर्गम तथा पछाडि पारिएका वर्ग, सीमान्तकृत समुदाय, विपन्न बालबालिका र महिलाहरूको शिक्षा, स्वास्थ्य, सीप विकास, विपद् राहत, सरसफाइ तथा पर्या-पर्यटन (Eco-Tourism) प्रवर्द्धनमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न हामी क्रियाशील छौँ।

लक्ष्य

दुर्गम तथा पछाडि पारिएका समुदाय, विपन्न बालबालिका र महिलाहरूको शिक्षा र स्वास्थ्यमा सहज पहुँच विस्तार गर्नु, सीपमूलक तालिम तथा सचेतनामार्फत महिला सशक्तीकरण गर्नु, प्राकृतिक तथा दैवी विपत्तिमा तत्काल राहत एवं उद्धार सहयोग पुर्‍याउनु, तथा वातावरणीय सरसफाइ र पर्या-पर्यटन (Eco-Tourism) प्रवर्द्धनमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्नु।

दृष्टि

शिक्षा, स्वास्थ्य, समान अवसर र दिगो विकाससहितको स्वस्थ, आत्मनिर्भर एवं सभ्य समाजको निर्माण।

कार्यदिशा

भौगोलिक रूपमा दुर्गम तथा सामाजिक,आर्थिक रूपमा पछाडि पारिएका समुदाय, महिला र बालबालिकालाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, विपद् राहत, वातावरणीय सरसफाइ र पर्या-पर्यटन (Eco-Tourism) मार्फत दिगो र समावेशी विकासतर्फ अघि बढ्ने।

Our values

हामीलाई मार्गदर्शन गर्ने मूल्य

सहकार्य

स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै विभिन्न सङ्घ-संस्था, समुदाय र सरोकारवालाहरूसँग सुमधुर समन्वय, साझेदारी र सामूहिक सहकार्यमार्फत प्रभावकारी नतिजा हासिल गर्ने।

सम्मान

हरेक व्यक्तिको गरिमा, पहिचान, संस्कृति र पृष्ठभूमिलाई उच्च सम्मान गर्दै सीमान्तकृत, विपन्न तथा पछाडि पारिएका वर्गको आवाज र आवश्यकतालाई समान महत्त्व दिने।

जवाफदेहिता

संस्था दर्ता ऐन, २०३४ तथा स्वीकृत एकता प्रगती संस्था नेपाल विधान २०८३ को मर्मअनुरूप पारदर्शी, जिम्मेवार र नतिजामुखी कार्यशैली अपनाउँदै सदस्य, साझेदार र समुदायप्रति पूर्ण जवाफदेही रहने।

Proposed journey

संस्थागत विकासको चरण

पहिचान र संरचना

उद्देश्य, सदस्यता, जिम्मेवारी र कार्यविधिलाई स्पष्ट बनाउने प्रारम्भिक चरण।

सदस्य र समुदाय जोड्ने

समावेशी सदस्यता, स्वयंसेवा र स्थानीय संवादका माध्यमबाट संस्थागत आधार विस्तार।

कार्यक्रम र प्रभाव

प्राथमिकता अनुसार कार्यक्रम सञ्चालन, अभिलेख व्यवस्थापन र परिणाम समीक्षा।